नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि पदाधिकारी बैठक स्थगित भएको हो ।
पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बैठक बिहीबार बिहान बस्ने गरी सारिएको बताएका छन् ।
बैठकमा राष्ट्रियसभाको निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिबारे छलफल हुने एजेन्डा थियो।
बैठकमा पार्टीले सञ्चालन गरेको तीन महिने विशेष रूपान्तरण अभियानको समीक्षा हुने छ।