काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो घोषणा गरेका केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
बैठकले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्नेछ ।
माओवादी विधान अनुसार केन्द्रीय कमिटीले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । पदाधिकारी पनि प्रचण्डले प्रस्ताव गरी केन्द्रीय कमिटीबाट पारित गराउने भएका छन् ।
माओवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको नाम चयन हुने बुझिएको छ । उपाध्यक्षहरुमा वर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल, मातृका यादव, लिलामणि पाखरेल, ओनसरी घर्ती, देव गुरुङमध्येबाट चयन हुने बुझिएको छ ।
महासचिवमा वर्षमान पुन जर्नादन शर्मा र पम्फा भुसाल अकांक्षी देखिएपनि प्रचण्डले आफ्ना विश्वासपात्रलाई बनाउने सम्भावना बढेको छ । शक्ति बस्नेतलाई महासचिव बनाउने गरी प्रचण्ड बढ्न लागेको स्रोतले बताएको छ ।
उपमहासचिवमा हरिबोल गजुरेल, दिनानाथ शर्मा, अमृता थापाको सम्भावना बलियो छ । सचिवमा अञ्जना विशंखे, हिमाल शर्मा, हितबहादुर तामाङ, अजम्बर राईलगायत आकांक्षी छन् ।