• सोमवार, श्रावण ११ गते २०८३

पदाधिकारी चयनमा समेत सहमति नभए निर्वाचनमा जाने, प्रचण्डले गरे बोल्ड निर्णय, कार्यकर्तामा खुशियाली

पदाधिकारी चयनमा समेत सहमति नभए निर्वाचनमा जाने, प्रचण्डले गरे बोल्ड निर्णय, कार्यकर्तामा खुशियाली

पदाधिकारी चयनमा समेत सहमति नभए निर्वाचनमा जाने, प्रचण्डले गरे बोल्ड निर्णय, कार्यकर्तामा खुशियाली

  • 7.9K
    SHARES

  • पदाधिकारी चयनमा समेत सहमति नभए निर्वाचनमा जाने,  प्रचण्डले गरे बोल्ड निर्णय, कार्यकर्तामा खुशियाली

    काठमाडौं । पार्टी भित्र लोकतान्त्रिक अभ्यास नगरेको आरोप खेप्दै आएको नेकपा माओवादी केन्द्रले अन्तत: केन्द्रिय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बाटो खुल्ला गरेको छ ।

    शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन् ।

    माओवादीले पालिका र प्रदेशस्तरमा निर्वाचनको अभ्यास गरेको भन्दै महाधिवेशनमा पनि त्यो अभ्यास गर्न सकिने प्रचण्डको भनाइ छ ।

    ‘सबैको कोशिस सहमति होस् भन्ने नै हो । तर, लोकतान्त्रिक अभ्यास वा जनवादी अभ्यास कुण्ठित गर्ने ढंगले हामी जाँदैनौं’ बन्दसत्रमा प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘कुनै पनि लोकतान्त्रिक अभ्यासका लागि हामी तयार छौं ।

    तर, जस्तोसुकै लोकतन्त्रमा पनि पहिलो प्रयास सहमति नै हो ।’

    उनका अनुसार केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजेसम्मको समय दिइएको छ ।

    त्यसपछि सहमति नभए निर्वाचन समितिले प्रक्रिया अघि बढाउने प्रचण्डको भनाइ छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology