• सोमवार, श्रावण ११ गते २०८३

कर्णालीमा माओवादी केन्द्र प्रवेश गर्नेको लर्को

कर्णालीमा माओवादी केन्द्र प्रवेश गर्नेको लर्को

कर्णालीमा माओवादी केन्द्र प्रवेश गर्नेको लर्को

  • 7.8K
    SHARES

  • कर्णालीमा माओवादी केन्द्र प्रवेश गर्नेको लर्को

    कर्णाली प्रदेशको जुम्ला जिल्लामा नेकपा एमाले, नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी परित्याग गरी १ सय ३० जनाले नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

    नेकपा माओवादी केन्द्र जुम्लाका नेता तथा सांसद गजेन्द्रबहादुर महतका अनुसार उनीहरु सबै तीलागुफा गाउँपालिकाका हुन् । बुधबार माओवादी केन्द्रको प्रथम तिलागाउँ सम्मेलन गरिएको थियो ।>

    त्यही क्रममा उनीहरु पार्टी प्रवेश गरेको उनको भनाइ छ । नवप्रवेशीहरुलाई सांसद महत, पूर्व राज्यमन्त्री गोमा कुँवर लगायतका नेताले फूलमाला र अवीर लगाएर स्वागत गरेका थिए ।

    उनीहरुले माओवादी केन्द्र नै गरिब, निमुखाको पार्टी भएकोले अन्य दल त्याग गरेको बताएका थिए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology