• आइतवार, आश्विन ४ गते २०८३

को बन्ला अबको अर्थमन्त्री ?

को बन्ला अबको अर्थमन्त्री ?

को बन्ला अबको अर्थमन्त्री ?

  • 13.9K
    SHARES

  • को बन्ला अबको अर्थमन्त्री ?

     पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन नसक्दा प्रधानमन्त्री केपी शर्म  ओलीले अर्थमन्त्री युबराज  खतिवडालाई निरन्तरता दिन  सकेनन्। 

    खतिवडा पछिल्लो ६ महिनायता संसद् सदस्यसमेत थिएनन् । खतिवडालाई पार्टीले सिफारिस नगर्दै उनको ठाउमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गरेपछि अबको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ। 

    अब अर्थमन्त्रीमा पूर्व अर्थमन्त्रीद्वय सुरेन्द्र पाण्डे र विष्णु पौडेलदेखि पूर्व माओवादी समूहका उर्जा मन्त्री बर्षमान पुन सम्मको चर्चा सुरु भएको छ । 

    वामदेव गौतमले पनि अर्थमन्त्रीमै दाबी गरिरहेका छन् भने नारायणकाजी श्रेष्ठको पनि अर्थमा जाने चाहना रहेको उनी निकटले बताउन थालेका छन्।  उप प्रधानमन्त्री तथा रक्षमन्त्री ईश्वर पोखरेल तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले पनि अर्थमा जाने चाहना व्यक्त गरेका छन्।

    राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित डा.विमल पौड्यालको पनि अर्थमन्त्रीमा चर्चा छ ।

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology