• सोमवार, श्रावण ११ गते २०८३

भीमसेन थापा गाउँपालिकाद्धारा दुर्घटनामा परेका नागरिकलाई बीमा मार्फत उपचार खर्च प्रदान

भीमसेन थापा गाउँपालिकाद्धारा दुर्घटनामा परेका नागरिकलाई बीमा मार्फत उपचार खर्च प्रदान

भीमसेन थापा गाउँपालिकाद्धारा दुर्घटनामा परेका नागरिकलाई बीमा मार्फत उपचार खर्च प्रदान

  • 31.2K
    SHARES

  • भीमसेन थापा गाउँपालिकाद्धारा दुर्घटनामा परेका नागरिकलाई  बीमा मार्फत उपचार खर्च प्रदान

    गोरखाको भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका आफ्ना नागरिकहरुलाई दुर्घटना बीमा मार्फत उपचार वापतको रकम भुक्तानी गरेको छ । पालिका भित्रका सवै नागरिकहरुकोे निशुल्क रुपमा सामुहिक दुर्घटना बीमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका दुई जना नागरिकहरुलाई बीमा पोलिसी अनुसार उपचारका क्रममा खर्च भएको रकम बीमा मार्फत भुक्तानी गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

    ‘‘खाटमा सुतेका बेला लडेर घाइते भएका वडा नम्बर ७ स्थित बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते हुनुभएकी कल्पना श्रेष्ठलाई शनिवार वडामै पुगेर उपचार खर्च उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो, ‘‘पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसंग गरेको सम्झौता अनुसार दुर्घटनामा परेका नागरिकहरुले उपचार खर्च पाएका छन् ।’’

    गएको असार ३१ गते खाटबाट लडेर घाइते हुनुभएका रेग्मीले उपचारका लागि खर्च भएको ९ हजार ५७० रुपैँया र गएको कात्तिक २ गते मिलले हात काटेर घाइते हुनुभएकी श्रेष्ठले उपचारमा भएको खर्च ३ हजार ३२५ रुपैँया बीमा मार्फत प्राप्त गर्नुभएको हो । गाउँपालिकाले पालिका भित्रका सवै १६ हजार ९ सय ८६ जना नागरिकहरुको निशुल्क दुर्घटना बीमा गरेको छ ।

    राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सवै नागरिकहरुको सामुहिक दुर्घटना बीमा गरेको अध्यक्ष बन्जराको भनाई छ । नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका नागरिक कुनैपनि प्रकारको दुर्घटना परे उपचार बीमा पोलिसी अनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले ५० हजार रुपैया पाउने गरी पालिकाले आफ्ना नागरिक निःशुल्क दुर्घटना बीमा गरिदिएको उहाँले बताउनुभयो ।

    कम्पनीसंगको सम्झौता अनुसार दुर्घटनामा परेका दुवैजना बिमितले पोलिसीको अधिनमा रही सक्कली बिल बुझाएपछि बीमा कम्पनीले गाउँपालिकालाई बीमा रकम उपलब्ध गराएको र गाउँपालिकाले बिमितलाई हस्तान्तरण गरेको कार्यक्रमका फोकल पर्सन जीवन सुर्खेतीले जानकारी दिनुभयो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology