• सोमवार, श्रावण ११ गते २०८३

बाबुराम भट्टराईले २०८४ को चुनावमा गोरखा- २ बाटै उम्मेदवारी दिने

बाबुराम भट्टराईले २०८४ को चुनावमा गोरखा- २ बाटै उम्मेदवारी दिने

बाबुराम भट्टराईले २०८४ को चुनावमा गोरखा- २ बाटै उम्मेदवारी दिने

  • 42.5K
    SHARES

  • बाबुराम भट्टराईले २०८४ को  चुनावमा गोरखा- २ बाटै उम्मेदवारी दिने

    नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अब हुने निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने भएका छन्  । ०७९ मंसिरमा भएको चुनावमा भट्टराईले  गोरखा २ मा उम्मेदवार दिएका  थिएनन् ।

    तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेसपा लगायत गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ मा साझा उम्मेदवार बनेर विजयी भएका थिए  ।

    दाहाललाई जिताउन भट्टराई सक्रिय भएर गोरखाका गाउँ गाउँ पुगेर मतदाता भेटेका थिए । ०७९ को चुनावमा नेसपाले माओवादीको चुनाव चिन्हबाट निर्वाचन लडेको थियो ।

    भट्टराई महिनामा कम्तीमा एक पटक आफ्नो निर्वाचन क्ष‍ेत्र गोरखा २ गइरहेका छन् । २०६४ सालको संविधान सभा निर्वाचनपछि भट्टराई महिनामा कम्तीमा पनि एक पटक गोरखा पुगेर जनतासँग भेटघाट गर्छन् ।

    उनले हालै गोरखाका गाउँहरू पुगेर जनतासँग भेटेका थिए । त्यस क्रममा भट्टराईलाई गोरखा २ अरूलाई नछाड्न र अबको चुनावमा उम्मेदवारी दिन सुझाव आएको थियो ।

    जनताका सुझावका आधारमा भट्टराईले २०८४ को चुनावमा गोरखा २ बाट उम्मेदवार हुने निष्कर्ष निकालेको नेसपा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले बताए  ।

    ‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग बृहत छलफल भएको थियो,’ उनले भने , ‘सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ ।

    अब  उनी २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनेछन्  ।’ साथै भट्टराईले पुराना शक्तिहरूसँग भन्दा पनि नयाँ शक्ति तथा अभियानसँग सहकार्य गर्ने तयारी गरिरहेका छन् ।

    मुलुकमा राजनीतिक स्थिरतासहित सुशासन, दीगो विकास र समृद्धिको आवश्यकता रहेको भन्दै भट्टराई नयाँ सहकार्यको तयारीमा छन् । २

    ०६४ र २०७४ को चुनावमा भट्टराई गोरखा २ बाट र २०७० को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology