• सोमवार, श्रावण ११ गते २०८३

बाबुराम भट्टराईको आरोप : यसकारण भएन गोरखाको विकास

बाबुराम भट्टराईको आरोप : यसकारण भएन गोरखाको विकास

बाबुराम भट्टराईको आरोप : यसकारण भएन गोरखाको विकास

  • 13.4K
    SHARES

  • बाबुराम भट्टराईको आरोप : यसकारण भएन गोरखाको विकास

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्व, प्रसासन र ठेकेदारको मिलेमतोका कारण गोरखाको  विकास हुन नसकेको आरोप लगाएका छन् । 

    जिल्ला भित्रको बिकास निर्माणका बिषयमा छलफल गर्न आज गोरखा आएका  डा. भट्टराईले पछिल्लो १२ बर्षमा गोरखामा मुख्य  कुनै पनि सडक कालेपत्रे हुन नसक्नुमा सवैको संलग्नता रहेको आरोप लगाएका हुन्  ।

    ‘पालुङटारसम्मको सडकलाई जोड्ने प्रयास गरियो तर यति छिट्टै भत्कियो कि काम नै लागेन, उनले भने  ,बाह्रकिलो भालुस्वाँरा बारपाक सडकखण्ड ०६५÷०६६मा ट्रयाक खोलियो अहिलेसम्म काम नै भएको छैन ।’

    राजनीतिक दलको संरक्षण वा सम्बन्धित आयोजना कार्यालयका प्रमुखको संरक्षणमा ठेकेदारहरुले समयमा काम सम्पन्न नगर्ने गरेको उनले बताए   । 

    ‘ठेकेदारहरुले बिभिन्न बाहानमा काममा ढिलासुस्ती गर्ने गरेका छन्, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने , ‘कतै बनको समस्या देखाउछन् त कतै निर्माण सामाग्रीको अभाव भएको बाहाना देखाउने गरेका छन् ।’

    राजनीतिक दलहरु र प्रसासनिक नेतृत्वमा इमान्दारिता भए बिकास निर्माणका काममा ढिलासुस्ती नहुने उनको भनाई छ । ‘सार्वजनिक खरिद ऐनलाई बाहान बनाएर बर्षौदेखि रहेको कच्ची बाटाहरुलाई पक्की बनाउन ठेक्का लाएर काम नभईकन बस्ने भएको छ यो बेठिक छ, यसलाई रोक्नुपर्छ ।’

    ठेक्का लगाउदा समय निर्धारण गर्ने काम सम्बन्धित कार्यालयकै हुने भएकाले कार्यालय प्रमुखले अनाबश्यकलाई बढी समय दिनसक्ने र अग्रिम भुक्तानी लिएर ठेकेदारले अन्तै खर्च गर्ने प्रबृति हावी भएको पूर्वप्रधानमन्त्री डा भट्टराईले बताए  । 

    ‘कसैले समयमा काम गर्दैन भनेदेखि त्यसलाई कार्वांही गर्ने अधिकार पनि कार्याल प्रमुखलाई हुन्छ, पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने , तर कारवाही गर्दैन, या त उसले आफैले गर्दैन वा राजनीतिक दलको दवावमा कर्मचारीकै सरुवा हुन्छ ।’

    आफैले समेत सडक निर्माणको कामको अनुगमन गरिसकेको भन्दै उनले जौवारी खण्डमा अक्षता छरे जस्तो अलिकति गिटीमा अलकत्रा छरेर प्याकेज जस्तो काम गरेको आरोप समेत लगाए  । 

    अर्को फरक प्रंसगमा उनले सरकारले कोरोना संक्रमणको व्यवस्थापनका लागि कुनै ठोस योजना ल्याउन नसकेको बताए  ।

    ‘बिना योजनाको लकडाउन र खोल्ने बन्द गर्नेको कुनैपनि श्रखृला नमिल्दा खेरी अर्थतन्त्र पुरै चौपट भएको छ, पूर्वप्रधानमन्त्री भट्टराईले भने , उद्यमी व्यवसायीहरु रोएर बसेका छन्, श्रमिकहरु अलपत्र छन् ।’ 

    प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश चरम निरंकुसता तर्फ गईरहेको समेत उनले आरोप लगाए  ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology