• सोमवार, श्रावण ११ गते २०८३

वैद्य, बाबुराम र विप्लवलाई पनि एकतामा ल्याउनुपर्छ : अध्यक्ष ' प्रचण्ड'

वैद्य, बाबुराम र विप्लवलाई पनि एकतामा ल्याउनुपर्छ : अध्यक्ष ' प्रचण्ड'

वैद्य, बाबुराम र विप्लवलाई पनि एकतामा ल्याउनुपर्छ : अध्यक्ष ' प्रचण्ड'

  • 16.7K
    SHARES

  • वैद्य, बाबुराम र विप्लवलाई पनि एकतामा ल्याउनुपर्छ  : अध्यक्ष ' प्रचण्ड'

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पूर्व माओवादीहरु एक ठाउँमा भए मात्रै समाजवादी नेपालको कल्पना सम्भव हुने बताएका छन् ।

    राजधानीस्थित एक टेलिभिजनलाई अन्तर्वाता दिँदै अध्यक्ष प्रचण्डले क्रान्तिका बाँकी कार्यभार पुरा गर्न पूर्व सहयात्रीहरुलाई सम्झेका हुन ।

    “वैद्य, बाबुराम र विप्लव पनि चाहिन्छ ।” उनले भने, “उनीहरु पनि यो एकताको प्रक्रियामा आउनु पर्छ, अनि मात्रै समाजवादी क्रान्तिको आधार तयार पार्न सकिन्छ ।”

    पार्टी एकता व्यक्तिगत लाभहानीका लागि नभएको बताउँदै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्ने एक्लो जिम्मेवारी आफूमा आइपरेको समेत बताए । युद्द लडदा सँगै नेतृत्व गरेको भएपनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा नहुँदै अन्य सहयात्रीहरु छुट्टिएर गएकोमा अध्यक्ष प्रचण्डको गुनासो थियो ।

    “शान्ति प्रक्रिया अझै टुंगिएको छैन । सत्य निरुपण तथा मेलमिलाप लगायतका कतिपय मुद्दा बाँकी नै छन् ।” उनले भने, “तर वहाँहरु (वैद्य, बाबुराम, विप्लव) ले यो सबै भारी मेरो टाउकोमा मात्रै छोडेर जानु भयो । विप्वल पनि अहिले कता छन कता, तर यो सबै भारी मेरो टाउकोमा छोडनु भयो । त्यो जिम्मेवारी पनि मैले नै बोक्नु परेको छ ।”

    पूर्व माओवादीमा छँदा सकेसम्म सबैलाई मिलाएरै जान खोजेको बताउँदै अध्यक्ष प्रचण्डले आफूले फुटाउने भन्दा जुटाएर नै नेपाली क्रान्तिका कार्यभार पुरा गर्ने लक्ष्य राखेकोमा जोड दिए । पार्टीमा आफ्नो मात्रै स्पेश खोज्ने भए नेकपा एमालेसँग एकताको निर्णय नै नहुने उनको जोड थियो । समाजलाई अग्रगामी दिशातर्फ लैजाने उद्देश्यले नै एमालेसँग एकता गरेको र एकतापछि पनि पूर्व एमालेका सबै समूहलाई समेटेर एकताबद्ध बनाउन खोजेको उनको भनाई थियो ।

    नेकपा निर्माण भएपछि यसको मुख्य कार्यभार समाजवादी क्रान्तिको आधार तयार पार्ने भएकोले त्यो प्रक्रियामा विप्लव, बाबुराम र वैद्यहरु आवश्यक भएको उनको भनाई थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology