काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा तीनसहित १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार महिला र १० पुरुष रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमध्ये काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला हुन् ।
सप्तरीका ५५/५५ वर्षीय दुई पुरुष, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्युठानका ५८ , रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
शुक्रबार १४ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा ४६४ महिला र ८९५ पुरुष गरेर १३ सय ५९ पुगेको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ। यो कुल संक्रमितको ५६ प्रतिशत हो।