रास्वपाका सभापति रवि लामिछानेलाई ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरे लगत्तै रविका समर्थकहरू पोखरा पुुगेर प्रदर्शन जारी राखेका छन्।
उता, सूर्यदर्शन सहकारीका पीडितले पनि प्रदर्शन गरिरहेको छन्। यी दुवै समूहको प्रदर्शनस्थलको दूरी लगभग ५० मिटरको मात्रै छ।
प्रहरीले दुवैतर्फका आन्दोलनकारीहरुलाई रोकिरहेको छ। शनिबार दिनभरपनि रास्वपाले पोखरामा प्रदर्शन गरेको थियो।
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पति शुद्धिकरणसहित तीनवटा मुद्दा रविविरुद्ध चलाउने प्रहरीको तयारी छ।