• शनिवार, मंसिर ६ गते २०८३

आईएमई समूहको ‘ग्रुप भाइस प्रेसिडेन्ट’मा जगदीश खड्का

आईएमई समूहको ‘ग्रुप भाइस प्रेसिडेन्ट’मा जगदीश खड्का

आईएमई समूहको ‘ग्रुप भाइस प्रेसिडेन्ट’मा जगदीश खड्का

  • 125
    SHARES

  • आईएमई समूहको ‘ग्रुप भाइस प्रेसिडेन्ट’मा जगदीश खड्का

    आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा नियुक्त गरेको छ।

    भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्ने ग्रुपले जनाएको छ।

    समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने र समग्र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने खड्काको प्रमुख जिम्मेवारी हुनेछ। 

    यसअन्तर्गत नयाँ सेवा र साझेदारी विकास गर्न, ग्राहक अनुभव सुधार गर्न र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तारको कार्य प्राथमिकतामा रहनेछ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology