• शनिवार, मंसिर ६ गते २०८३

बढ्यो सेयर बजार, धेरै बढ्नेमा होटल समूह

बढ्यो सेयर बजार, धेरै बढ्नेमा होटल समूह

बढ्यो सेयर बजार, धेरै बढ्नेमा होटल समूह

  • 145
    SHARES

  • बढ्यो सेयर बजार, धेरै बढ्नेमा होटल समूह

    बिहीबार सेयर बजार सामान्य अंकमा बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ३. ६२ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६२८ अंकमा कायम भएको छ । अघिल्लो दिन ११ अंकले बजार घटेको थियो ।

    आज १३८ कम्पनीको मूल्य बढेको छ भने १३२ को घटेको छ । त्यस्तै कारोबार भएका १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ४ अर्ब १५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८७ करोडको भयो ।

    होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.२९ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.५४, फाइनान्स ०.३५, उत्पादन तथा प्रशोधन ०.६७ र व्यापार ०.२३ प्रतिशत बढे ।

    विकास बैंक ०.०४, जलविद्युत् ०.०५, लगानी ०.३८, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.३०, अन्य ०.५३ प्रतिशत घटे ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology