गोरखाको भीमसेनथापा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३र८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार चालु शैक्षिक वर्षका लागि एमबीबीएस छात्रवृत्ति वितरण गर्न लागेको हो।
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाभित्र स्थायी बसोबास भएका र एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिन आग्रह गरेको छ।
सूचनाअनुसार अन्य शैक्षिक संस्था वा निकायबाट कुनै पनि किसिमको छात्रवृत्ति प्राप्त नगरेका विद्यार्थीले मात्र आवेदन दिन पाउनेछन्।
इच्छुक विद्यार्थीले गाउँपालिकाले तोकेको ढाँचामा आवेदन फाराम भरी आवश्यक विवरणसहित २०८३ मंसिर १६ गतेभित्र शिक्षा, युवा तथा खेलकुद शाखा, घ्याम्पेसालमा निवेदन पेश गर्नुपर्नेछ।
गाउँपालिकाले सम्बन्धित सबै विद्यार्थीलाई तोकिएको समयसीमाभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ।