नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ । ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।
काठमाडौं उपत्यकाका थप ४६४ जनामा संक्रमित थपिएका छन् । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।