आज थप १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ४३१ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना छन् ।
यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ।
उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ।