नेपालमा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप १० हजार ३३३ पीसीआर परीक्षण भएसँगै नेपालमा अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ४ हजार ७०६ पुगेको छ।
त्यस्तै , देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ। थप १ हजार ४४७ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ ।