पछिल्लो २४ घन्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ९७ जनासहित देशभर संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६०९, चितवनमा १३७, ललितपुरमा ९५, रुपन्देहीमा ८६, मोरङमा ७३, बाँकेमा ५३, भक्तपुरमा ५१ जना, कैलालीमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितमध्ये ५० हजार ४ सय ११ जना निको भएर घर फर्किएका छन् भने ४ सय ५३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।