• सोमवार, श्रावण ११ गते २०८३

संक्रमणको चपेटामा उपत्यकाका मेयरहरु, यी मेयरहरुलाई देखियो संक्रमण

संक्रमणको चपेटामा उपत्यकाका मेयरहरु, यी मेयरहरुलाई देखियो संक्रमण

संक्रमणको चपेटामा उपत्यकाका मेयरहरु, यी मेयरहरुलाई देखियो संक्रमण

  • 5.9K
    SHARES

  • संक्रमणको चपेटामा उपत्यकाका मेयरहरु, यी मेयरहरुलाई देखियो संक्रमण

    काठमाडौं र ललितपुरका तीनजना मेयर–उपमेयरलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    ललितपुर र गोदावरी नगरपालिकाका मेयर तथा काठमाडौंको नागार्जुन नगरपालिकाकी उपमेयरलाई शुक्रबार संक्रमण पुष्टि भएको हो। 

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई शुक्रबार कोरोना पुष्टि भएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

    संक्रमितलाई घरमै पुगेर हौसला बाँडिरहेका मेयर महर्जनलाई बिहीबार अचानक ज्वरो आएपछि अस्पताल पुगेका थिए।

    स्वास्थ्य परीक्षणपछि स्वाब दिएर घर फर्किएका मेयर महर्जनलाई शुक्रबार अपराह्न संक्रमण पुष्टि भएको हो। मेयर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको खबर आजको नयाँ पत्रिकामा छ।

    यस्तै, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई पनि शुक्रबारै कोरोना संक्रमण पुष्टि भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए। अचानक ज्वरो आएपछि मेयर महर्जनले स्वाब दिएका थिए। तर, अहिले भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको वडा नं. १२ का अध्यक्ष जगतबहादुर महर्जनले बताए। 

    यस्तै, काठमाडौंको नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीलाई पनि शुक्रबारै संक्रमण पुष्टि भएको छ। यसअघि संक्रमित मेयर मोहनबहादुर बस्नेतसहित जनप्रतिनिधिहरू संक्रमणमुक्त भएर काममा फर्किसकेका छन्।

    उपत्यकामा यसअघि कोरोना संक्रमित काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ हाल किस्ट अस्पतालमा आइसोलेसनमा बसेका छन्।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology