पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।
देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । हाल देशरभमा १९ हजार ६२४ संक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८१७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६४९ जना, ललितपुरका १३२ र भक्तपुरका ३६ जना छन् ।