नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनालाई कोरोना संक्रमण भएको छ।
स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् ।
थप ३ हजार ३०७ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ६० हजार ९६ पुगेको छ। आज १४ हजार ७३९ पीसीआर परीक्षण भएको थियो।
प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको छ।