• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौंको स्वयम्भू र सोह्रखुट्टे बन्यो कोरोना हटस्पट, कहाँ कति संक्रमित ?

काठमाडौंको स्वयम्भू र सोह्रखुट्टे बन्यो कोरोना हटस्पट, कहाँ कति संक्रमित ?

काठमाडौंको स्वयम्भू र सोह्रखुट्टे बन्यो कोरोना हटस्पट, कहाँ कति संक्रमित ?

  • 8.2K
    SHARES

  • काठमाडौंको स्वयम्भू र सोह्रखुट्टे बन्यो कोरोना हटस्पट, कहाँ कति संक्रमित ?

    पछिल्लो समय काठमाडौं महानगरमा कोरोना संक्रमणको दर द्रुत गतिमा बढेको छ। महानगर भित्र अहिलेसम्म धेरै संक्रमितको संख्या वडा नं. १५ स्वयम्भूमा छ ।

    स्वयम्भूमा १ हजार २ सय ८३ जनामा कोरोना संक्रमण भएको छ । तर, नयाँ हटस्पटकोरुपमा वडा नं. १६ सोह्रखुट्टे देखिएको छ । त्यहाँ १ हजार २ सय १९ जनामा कोरोना संक्रमण भएको छ । स्वयम्भूमा ८ र सोह्रखुट्टेमा ५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

    महानगरको वडा नं. ३ महाराजगञ्जमा ८ सय ७ जना, वडा नं. ४ बालुवाटारमा ५ सय ७९ जना, वडा नं. ६ बौद्धमा ५ सय २६ जना, वडा नं. ७ मित्रपार्कमा ५ सय ९० जना, वडा नं. ९ गौशालामा ६ सय ८० जना, वडा नं. १० नयाँ बानेश्वरमा ६ सय १९ जना, वडा नं. ११ त्रिपुरेश्वरमा ७ सय २२ जना र वडा नं. १३ कालिमाटीमा ७ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ ।

    त्यस्तै वडा नं. १४ कलंकीमा ९ सय ११ जना, वडा नं. २६ लैनचौरमा ६ सय १६ जना, वडा नं. २८ पुरानो बसपार्कमा ५ सय ७० जना, वडा नं. २९ डिल्लीबजारमा ५ सय १७ जना, वडा नं. ३१ भिमसेनगोलामा ५ सय ४० जना र वडा नं. ३२ कोटेश्वरमा ९ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । ४ सय ६४ जना संक्रमित सम्पर्कमा छैनन् ।

    काठमाडौ महानगरपालिकामा मंगलवारसम्म १६ हजार १ स्य ५३ जनामा कोरोना संक्रमण भएको छ । ९३ जनाले ज्यान गुमाएका छन् भने ८ हजार २ सय ६७ जना निको भएका छन् । काठमाडौं महानगरमा ७ हजार ६ सय ३ जना सक्रिय संक्रमितमध्ये ६ हजार ३ सय ५४ जना घर वा डेरामै आइसोलेसनमा छन् ।

    हेर्नुस् कुन ठाउँमा कति ?

    corona_in_vally.jpg

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology