• आइतवार, आश्विन ४ गते २०८३

प्रधानमन्त्रीले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारीको आभाष दिए

प्रधानमन्त्रीले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारीको आभाष दिए

प्रधानमन्त्रीले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारीको आभाष दिए

  • 6.4K
    SHARES

  • प्रधानमन्त्रीले  देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारीको आभाष दिए

    प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई भेट गरेको प्रति नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य (किरण)ले आफ्नो  गंभीर ध्यानाकर्षण भएको बताएका छन्। 

    देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्दै त्यसको घोर बिरोध र तीव्र भर्सना  गरेका हुन्।  उनले आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपील गर्दै एक प्रेस–वक्तव्य  प्रकाशित गरिएको छ। 

    प्रेस–वक्तव्य

    यही २०७७ कार्तिक ५ गते राती नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर विभिन्न विषयमा छलफल गरेको कुराले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ ।

    यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ । त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ । हाम्रो पार्टी यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपील गर्दछ ।

    किरण
    महासचिव
    नेकपा (क्रान्तिकारी माओवादी)
    मितिः २०७७ कार्तिक ७ गते

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology