• आइतवार, आश्विन ४ गते २०८३

कम्युनिस्ट आन्दोलनका अग्रज नेता जगतबहादुर श्रेष्ठको निधन

कम्युनिस्ट आन्दोलनका अग्रज नेता जगतबहादुर श्रेष्ठको निधन

कम्युनिस्ट आन्दोलनका अग्रज नेता जगतबहादुर श्रेष्ठको निधन

  • 7.5K
    SHARES

  • कम्युनिस्ट आन्दोलनका अग्रज नेता जगतबहादुर श्रेष्ठको निधन

    नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता जगतबहादुर श्रेष्ठको निधन भएको छ  ।

    केही दिन अगाडि आफ्नै निवासमा लडेर गम्भिर घाइते हुन पुगेका नेता श्रेष्ठको चितवन स्थितित सिएमसी अस्पतालमा आज  निधन भएको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य नारायण अधिकारी (निश्चल) ले जानकारी दिए। 

    साथै श्रेष्ठ चितवन कम्युनिस्ट पार्टीका संस्थापक नेता समेत हुन्। श्रेष्ठ २०११ सालदेखि अविचलित रुपमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको पक्षमा उभिदै आएका थिए  । उनी मोहन बैद्य नेतृत्वको  नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार हुन् । 

    १९८६ कार्तिक ३२ गते जन्मेका  श्रेष्ठ २०१५ सालको आम निर्वाचनमा उत्तरी गोरखाबाट कम्युनिस्ट पार्टीको तर्फबाट कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईसँग चुनाव लडेका थिए  ।

    उनका  तीन छोरा रहेका छन् । श्रेष्ठको  पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीसहित भोलि (शुक्रबार) अन्त्यष्टी गरिने छ ।

     

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology