• सोमवार, श्रावण ११ गते २०८३

संसद नभएको मौका छोपी एमसीसी अनुमोदन गराउने खतरनाक प्लान वाहिरियो, वासिङ्टन बाट काठमाडौँसम्म हलचल

संसद नभएको मौका छोपी एमसीसी अनुमोदन गराउने खतरनाक प्लान वाहिरियो, वासिङ्टन बाट काठमाडौँसम्म हलचल

संसद नभएको मौका छोपी एमसीसी अनुमोदन गराउने खतरनाक प्लान वाहिरियो, वासिङ्टन बाट काठमाडौँसम्म हलचल

  • 5.1K
    SHARES

  • संसद नभएको मौका छोपी एमसीसी अनुमोदन गराउने खतरनाक प्लान वाहिरियो,  वासिङ्टन बाट काठमाडौँसम्म हलचल

    वासिङ्टन - पूर्व अर्थ मन्त्री तथा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले संसद बिनानै एमसीसी अनुमोदनको वैकल्पिक प्रक्रियामा जाने तयारी भैरहेको वताएका छन्। अमेरिकाको वाशिङ्गटन डिसीस्थित राससका विशेष प्रतिनिधि मधुकर अधिकारीले गरेको कुराकानीमा उनले यस्तो वताएका हुन्। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर संसदबाट एमसीसी अनुमोदन गराउने प्रयास गरेतापनि अहिलेसम्म सफल हुन् सकेको थिएन। तर, अहिले संसद नभएको अवस्थामा आफूखुशी निर्णय लिदै आएका केपी शर्मा ओलीले एमसीसी अनुमोदन गरि लागु गराएमा नौलो हुने छैन। 

    अमेरिकी सरकारले गरेको ऐतिहासिक सहयोग एमसीसीको कार्यान्वयनमा किन ढिलाई भएको हो रु त्यस विषयमा यहाँ केही छलफल भएको छ ? भन्ने प्रश्नमा खतिवडाले भने,  " यसै विषयमा यसै साता मात्रै मैले एमसीसी डिपार्टमेन्ट अफ कम्प्याट अपरेशनकी उपाध्यक्ष फतिमा सुमर र उपाध्यक्ष जोनाथनसँग छलफल गरेको थिएँ । संसद नरहेको अवस्थामा वैकल्पिक विषयमा पनि हामी छलफल गर्ने नै छौँ । "

    "उहाँहरु काठमाडौँ भ्रमण गरेर यसलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ । अमेरिका नेपाल बीच यति राम्रो सम्वन्धका वावजुद यसलाई रोकिनु कुनै पनि दृष्टिकोणले उपयुक्त होइन अब हामी अनुमोदनको वैकल्पिक प्रक्रियामा जाने तयारी गरिरहेका छौँ ।" खतिवडाले भने। 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology