• आइतवार, आश्विन ४ गते २०८३

बाबुराम भट्टाराईको डरलाग्दो खुलाशा - मैले यसकारण भेटे केपी ओलीलाई

बाबुराम भट्टाराईको डरलाग्दो खुलाशा - मैले यसकारण भेटे केपी ओलीलाई

बाबुराम भट्टाराईको डरलाग्दो खुलाशा - मैले यसकारण भेटे केपी ओलीलाई

  • 8.1K
    SHARES

  • बाबुराम भट्टाराईको डरलाग्दो खुलाशा  - मैले यसकारण भेटे केपी ओलीलाई

    काठमाडौँ - पूर्व प्रधानमन्त्री तथा जसपा संघिय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले केहि समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको कुराले निकै चर्चा पायो। 

    एक टेलिभिजन मार्फत केपी ओली निकट नेता महेश वस्नेतले बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री बनाइदिन केपी ओलीलाई आग्रह गरेको जिकीर पनि गरे।  तर, यो आरोप झुटो भएको बाबुराम भट्टराईले खुलाशा गरेका छन्। 

    रातोपाटि डट कमका सम्पादक अरुण बरालसँग कुराकानी गर्दै ओली र आफू नदीका दुईवटा किनाराजस्ता भएकाले कहिल्यै मिल्न नसक्ने तर्फ इंकित गरे। " नेपाली राजनीतिमा केपी शर्मा ओली एउटा राजनीतिक धारको नेतृत्वमा हुनुहुन्छ भने बाबुराम भट्टराई सानै शक्ति भए पनि वैचारिकरुपले अर्को ध्रुवमा छ । " उनले भने। 

    दशकाैँपछिको यो ठूलो राष्ट्रिय संकट आएको भन्दै बाबुरामले  नेपालको राजनीतिक प्रणालीमात्रै धरापमा छैन सार्वभौमसत्तामाथि नै गम्भीर असर पार्ने  परिस्थिति बनेको वताए। 

    "छिमेकमा हिमाली बेल्टमा एउटा जुनखालको भूराजनीतिक द्वन्द्वको भुमरी पर्दैछ, त्यसको असरले देशको स्वाधीनता, सार्वभौमसत्तामाथि नै गम्भीर असर पार्ने जुन परिस्थिति बन्दैछ, यसको निम्ति प्रमुख राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र एकता निर्माण गर्नुपर्छ भन्ने लागेर नै मैले मलाई लागेको कुरा उहाँ (ओली) लाई भनेको हुँ ।" उनले भने। 

    उनले थपे , " अहिले म के देख्दैछु भने यदि हामीले बेलैमा बुद्धि पु¥याएर देशभित्र राम्रो आन्तरिक एकता कायम गर्न सकेनौं र हाम्रो जुन भूराजनीतिक अवस्था छ, यसको राष्ट्रिय सुझबुझ र एकताका साथ हामीले सामना गर्न सकेनौं भने हामी द्वन्द्वको भूमरीमा पर्दैछौं । "

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology