जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष दुबैलाई ठग भनेका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो वताएका हुन्।
अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम भए भन्ने प्रश्न पनि गरेका छन् । उनले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल जोडिएको र दुबैको मुकुण्डो उत्रिएको बताएका हुन्।
जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो भनि उनीहरूलाई प्रश्न गरेका छन् ।
‘यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त?,’ उनले ट्वीट गरेका छन्।