काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको र देश भयानक दुर्घटना तर्फ अघि बढिरहेको वताएका छन । उनले त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको पनि बताएका छन् ।
आइतबार राति एक टेलिभिजन मार्फत उनले वताएका हुन। " देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आफूले भेटेर जानाकारी दिएको हु।" बाबुरामले भने।
‘तपाईंले मार्ग प्रशस्त गर्नुस् एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर जाउँ, पूर्व प्रधानमन्त्रीहरु आकाँक्षी बन्नु हुँदैन, सबैलाई मान्य हुने व्यक्ति खोजेर देशलाई निकास दिउँ भन्न म गएको हुँ,’ उनले भने, ‘मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा त्यस्तो कुनै घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सूचित गरेको हो । तर मैले त्यस्तो गम्भीर विषय उठाउँदा उनले विषयान्तर गरे ।’
आफूसँग भएका सूचना कुनै दिन नेपाली जनतालाई बताउनुपर्छ भन्दै भट्टराईले उपलब्ध परिवर्तनहरु गणतन्त्र र धर्मनिरेपक्ष हरु उल्टाउन शभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन गरेको तर्फ संकेत गरे। पाँच पुसदेखि जेठ ८ गते मध्यरातसम्मका परिघटना यसै कारण भएको भट्टराईको दाबी छ ।