नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम केपी ओली र माधव नेपालको कित्ताकाटमा काटिया सामेल नभएर रुमल्लिरहेका नेता हुन्। उनि एकताको पक्षमा पहल गर्ने नाममा विभिन्न योजना सुनाइराख्छ्न।
उनले नेकपा एमाले समाजवादीको बैठकमा जाने र त्यहाँ गएर एकताको जिम्मेवारी आफूलाई दिन प्रस्ताव राख्ने र डेढ वर्षभित्रै पार्टी एकता गर्ने दाबी सहितको योजना सार्वजनिक गरेका छन।
आफू नेतृत्वको राष्ट्रिय एकता अभियानको भर्चुअल बैठकमा माधव नेपाल नेतृत्वको एमाले समाजवादीको बैठकमा सहभागी हुने बताए ।
‘माधव नेपाल नेतृत्वको बैठकमा म सबभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’, गौतमले भने ।