• सोमवार, श्रावण ११ गते २०८३

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउन ओली र प्रचण्ड सहमत

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउन ओली र प्रचण्ड सहमत

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउन ओली र प्रचण्ड सहमत

  • 8.0K
    SHARES

  • वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउन  ओली र प्रचण्ड सहमत

     

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'   सहमत भएका छन् । 

    हिजो प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेटेर  कार्यकारी अध्यक्ष प्रचण्डले  गौतमलाई  राष्ट्रिय सभा सदस्य बनाउन आग्रह गरेका थिए । 

    एक सचिवालय सदस्यले भने, 'प्रधानमन्त्री ज्यू पनि सहमत हुनु भएको छ । कार्यकारी अध्यक्ष प्रचण्ड पनि गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सहमत हुनुहुन्छ । त्यसैले आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकमा यो विषयले औपचारिकता पाउनेछ ।'

     गौतमलाई राष्ट्रिय सभामा लैजाने सहमतिसँगै अब मन्त्रिमण्डल पुनर्गठन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओली अनौपचारिक छलफलमा जुटेका छन् ।

    अझै पनि अन्य विकल्पबाट भएपनि अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य बनाउने ओलीको चाहना छ । तर, उपाध्यक्ष गौतमले भने आफू उपप्रधान तथा अर्थमन्त्री बन्नुपर्ने बताएका छन् ।

    उपाध्यक्ष गौतम राष्ट्रिय सभामा जाने भएपछि अर्थमन्त्री खतिवडा बाहिरिने भएका छन् । उपाध्यक्ष गौतमले हिजो बेलुकी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रिय सभा सदस्य बनाउन आग्रह गरेका थिए । 

    आज बिहान ओली र प्रचण्डबीचको फोनवार्तामा गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन दुबै अध्यक्ष सहमत भए । त्यसै अनुसार थप छलफल गर्नुपर्ने भन्दै बिहान ११ बजेका लागि तय भएको नेकपा सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको स्रोतको भनाइ छ ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology