• सोमवार, श्रावण ११ गते २०८३

अन्तत बोले बाबुराम, गठबन्धन नगर्ने सङ्केत

अन्तत बोले बाबुराम, गठबन्धन नगर्ने सङ्केत

अन्तत बोले बाबुराम, गठबन्धन नगर्ने सङ्केत

  • 3.3K
    SHARES

  • अन्तत बोले बाबुराम, गठबन्धन नगर्ने सङ्केत

    बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच २०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँडफाँट मान्य नहुने बताएका छन् ।

    रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै भट्टराईले आफ्नो पार्टी २०७८ सालमा बनेकाले २०७४ सालको मतका आधारमा हुने बाँडफाँट स्वीकार्य नहुने बताएका हुन् ।

    ‘संविधान र व्यवस्था बचाउन गठबन्धन गरेका हौं, सम्मानजनक सिट दिए मानिन्छ, बेइमानी, हेप्ने र चेप्ने काम भयो भने विकल्प सोच्छौं,’ भट्टराईले भने, ‘हाम्रो पार्टी देशलाई विकल्प दिने गरी भर्खरै बनेको भविष्यमुखी पार्टी हो, २०७४ सालको मतको कुरा स्वीकार्य हुन्न ।’

    नेता भट्टराईले पुराना पार्टीले चुनाव जित्दा सिंहदरबारमा रहेको भ्रष्टाचार सातै प्रदेश र गाउँगाउँसम्म पुगेको टिप्पणी गरे । आफ्नो दलले चुनाव जिते अधिकारसम्पन्न जनलोकपाल गठन गरी राष्ट्रपति, प्रधानमन्त्री प्रधानन्यायाधीशसम्मलाई छानबिन गर्ने बताए । भ्रष्टाचार रोक्न र संविधानको अपूर्णतालाई पूर्ण बनाउन संविधान संशोधन अपरिहार्य रहेको भट्टराईले बताए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology