• सोमवार, श्रावण ११ गते २०८३

चितवनमा प्रचण्ड पुग्दा,बालुवाटारमा कांग्रेसी गुहार

चितवनमा प्रचण्ड पुग्दा,बालुवाटारमा कांग्रेसी गुहार

चितवनमा प्रचण्ड पुग्दा,बालुवाटारमा कांग्रेसी गुहार

  • 6.7K
    SHARES

  • चितवनमा प्रचण्ड पुग्दा,बालुवाटारमा कांग्रेसी गुहार

    काठमाडौं:-पुर्व प्रधानमन्त्रि तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चितवन दौडधूप बढेको संगै चितवनमा चुनावी चहलपहल 
    बड्न थालेकोको छ।  यतिसम्म कि उनी स-साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका पाईन्छ । हिजाे शुक्रबार पनि अधक्ष्य प्रचण्ड चितवन पुगेक थिए  । 

    सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधूप निर्वाचन केन्द्रित नै मान्न सकिन्छ।  

    निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आऊजाऊ बाक्लो भएको अनुमान छ ।
    तर, उनको यो योजना तुहाउन नेपाली कांग्रेस चितवनका नेताहरूको पनि दौडधूप सुरु भएको पाईन्छ। 
    चितवनबाट केन्द्रीय सदस्य भएका टेकबहादुर गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठ भरतपुर महानगरपालिका यसपटक कांग्रेसले पाउनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिन भन्दै काठमाडौँ धईरहेका छन् । 
    गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेललाई यी नेताहरूले बिहीबार भेटेर कांग्रेसले यसपटक भरतपुर महानरपालिका नछोड्ने र छोडियो भने नमान्ने चेतावनी समेत दिई सकेका छन् । 

    शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर भरतपुरमाथिको दाबी नछाड्ने भन्दै ध्यानाकर्षण गराएका थिए । 
    सो क्रममा देउवाले कार्यकर्ताहरूको भावनालाई सम्बोधन गर्ने अधिकतम प्रयत्न गर्ने आश्वासन दिएको निवर्तमान सभापति श्रेष्ठले बताए ।
    चितवनमा कांग्रेसले यसअघि भने गठबन्धन गर्न अस्वीकार पनि गरेको थियो । हालै गठबन्धन गर्न सहमत भए पनि भरतपुर महानगरपालिका नछाड्ने दृढ अडानमा कांग्रेस छ । 

    जुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाहनाविपरीत रहेको अनुमान सहजै लगाउन पनि सकिन्छ। 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology