• सोमवार, श्रावण ११ गते २०८३

केपि ओलिले तयार गरे गठबन्धनसङ भिड्ने कमान्डर

केपि ओलिले तयार गरे गठबन्धनसङ भिड्ने कमान्डर

केपि ओलिले तयार गरे गठबन्धनसङ भिड्ने कमान्डर

  • 5.3K
    SHARES

  • केपि ओलिले तयार गरे गठबन्धनसङ भिड्ने कमान्डर

    काठमाडौँ:-नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेता विजय सुवेदीलाई बनाउने निर्णय गरेको छ । आइतबार पार्टीका उप–महासचिव प्रदिप ज्ञवाली समेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
    सुवेदी बागमती प्रदेश सभाका सदस्य हुन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । भरतपुरको मेयरमा एमालेबाट पोलिटव्युरो सदस्य देविप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको पनि चर्चा थियो । स्रोतका अनुसार ज्ञवालीले नै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । सुवेदीलाई मेयरको उम्मेद्वार बनाउन पोलिटब्युरो सदस्य ज्ञवालीले प्रस्ताव र नेता पोखरेलले समर्थन गरेका थिए ।
    २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार थिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुँदा उनी झिनो मतान्तरले पराजित भएका थिए । पोख्रेल प्रतिनिधि सभाका सांसद हुन् ।
    उनी संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति पनि हुन् । उनले कार्यकर्ताले मेयरमा उठ्न दवाद दिए पनि आफ्नो स्थानीय तहमा फर्किर्ने इच्छा नरहेको बताउँदै आएका थिए । मेयरको उम्मेद्वार घोषणा गरिएका सुवेदी वृहत चितवनको गुरूयोजना निर्माणका अगुवा हुन् ।

    उनी चितवनमा विकासको भिजन भएका नेताका रूपमा परिचित छन् । उनी बागमती प्रदेशमा अष्ठलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएका थिए । सुवेदी नेकपा विभाजन भएपछि नेकपा एमालेको बागमती प्रदेश सचिवालय सदस्य भएका थिए । उनी नेकपा एमाले चितवनको सचिव भइसकेका छन् ।
    महानगर कमिटिको बैठकले उपमेयरको उम्मेदवार भने तोकेको छैन । एमालेले भरतपुर महानगरमा राप्रपा लगायतका दलहरुसँग तालमेल गर्ने तयारी गरेको छ । त्यसैका लागि अहिले उपमेयरको उम्मेदवार नतोकिएको स्रोतले बतायो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology