• सोमवार, श्रावण ११ गते २०८३

केपी ओलीलाई तह लगाउने खतरनाक रणनीति बनाउदै माधव नेपाल समूह, सबै नेताहरुको पूर्ण सहयोग

केपी ओलीलाई तह लगाउने खतरनाक रणनीति बनाउदै माधव नेपाल समूह, सबै नेताहरुको पूर्ण सहयोग

केपी ओलीलाई तह लगाउने खतरनाक रणनीति बनाउदै माधव नेपाल समूह, सबै नेताहरुको पूर्ण सहयोग

  • 5.6K
    SHARES

  • केपी ओलीलाई तह लगाउने खतरनाक रणनीति बनाउदै माधव नेपाल समूह, सबै नेताहरुको पूर्ण सहयोग

    काठमाण्डौ - नेकपा एमाले भित्र माधब  कुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको समूह कुहिरोमा हराएको काग जस्तै देखिन्छ।  मास्टर माइन्ड केपी ओलीको अगाडि उनीहरुको योजना र रणनीति सबै एकपछि अर्को फ्लप हुँदै गईरहेका छन्। 

    माधब - झलनाथ समूहका केन्द्रिय दिग्गज नेताहरु पनि के गर्ने कसो गर्ने रणभुलमा परेको देखिन्छ।  उनीहरुले एक दिन बिराई आफ्नो धारणा परिवर्तन गरिरहेका छन् भन्ने कुरा सहजै बुझ्न सकिन्छ। 

    यहिँ गंजागोलका विचमा आज नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको  बैठक बस्यो र निष्कर्ष समेत निकाल्यो पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने र त्यस्तो अवस्था नआएमा नयाँ पार्टी बनाउने। 

    ओलीसँग एकताका लागि नेपाल समूहले पाँच बुँदे सर्तसमेत अघि सार्ने भएको छ। निर्णायक वार्ताका लागि ११ जना सांसदमाथिको कारबाही फुकुवा हुनुपर्ने पहिलो सर्त छ। पार्टीका नेताहरूमाथि गरिएको कारबाही फिर्ता नलिएसम्म औपचारिक वार्ता नहुने तर, नेताहरूका बीचमा अनौपचारिक छलफल भने हुने ।

    पार्टीको कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने, ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मालोचना गर्दै निर्णय सच्याउनुपर्ने उनीहरूको माग छ। यस्तै, तल्लो कमिटी व्यवस्थापनका निम्ति कार्यदल गठन गर्नुपर्ने र नवौं महाधिवेशनको मार्गनिर्देशनहरू पार्टीको राजनीतिक गतिविधि हुनुपर्ने सो समूहको निष्कर्ष छ।

    शनिबार बसेको स्थायी कमिटी बैठकले उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले बहुराष्ट्रिय राज्यको माग गर्दासमेत प्रधानमन्त्री ओली मौन रहेको भन्दै भर्त्सना गरेको छ।

    बैठकले सरकारले बजेटमार्फत् व्यापार घाटा कम गराउन भन्दै चुरे उत्खनन् खुला गर्ने नीतिको विरोध गर्दै फिर्तो लिन दबाब दिने निर्णय गरेको छ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology