नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
‘तत्काललाई यो व्यवस्था खारेज भएको छ । यसलाई आवश्यकतामा आधारित निर्णय भनिएको छ’, एक पदाधिकारीले जानकारी दिए ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उमेर हद हटाउनुपर्ने प्रस्ताव राखेका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओली आफैंले यो व्यवस्था तत्काललाई हटाउने निर्णय लिएका थिए ।
एमालेले २०६५ सालको आठौं महाधिवेशनले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
त्यसबेला घनश्याम भूसाल, योगेश भट्टराई, अरुण नेपाल, ठाकुर गैरे, विजय पौडेल, प्रकाश ज्वाला जस्ता युवा नेताहरुले उमेर हदको व्यवस्था पार्टीमा हुनुपर्ने प्रस्ताव ल्याएका थिए ।