• सोमवार, श्रावण ११ गते २०८३

पार्टि विभाजनको अन्तिम तयारीमा माधव झलनाथ समूह, यस्तो छ तयारी

पार्टि विभाजनको अन्तिम तयारीमा माधव झलनाथ समूह, यस्तो छ तयारी

पार्टि विभाजनको अन्तिम तयारीमा माधव झलनाथ समूह, यस्तो छ तयारी

  • 5.2K
    SHARES

  • पार्टि विभाजनको अन्तिम तयारीमा माधव झलनाथ समूह, यस्तो छ तयारी

    काठमाडौँ - लामो रस्सा कस्सि पछि सत्तारुढ दल नेकपा एमाले विभाजनको अन्तिम संघारमा  उभिएको छ। पार्टिका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले  लेर गएपछि माधब-झलनाथ समुहले देशभर समानान्तर कमिटी बनाउन थालेको थियो भने  ओली समुहले स्पष्टीकरण सोधेको थियो ।

    दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा बरिष्ठ नेता झलनाथ खनालले २ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताउँदै यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का भएर जान नसक्ने बताएका थिए ।

    माधब समुहले कांग्रेस सभापति शेर बहादुर देउवालाई समर्थन गरेपछि अब पार्टी बिभाजन हुनेतर्फ एमाले अग्रसर भएको राजनीतिक वृतमा चर्चा चलेको छ ।

    नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने भएको छ। श्रोतका अनुसार माधब नेपाल र झलनाथ खनाल समुहले पहिले नै पार्टी विभाजन गर्ने तयारि गरिसकेकोले अब कारवाही गर्ने बित्तिकै उनीहरुले नयाँ पार्टी निर्माण गर्ने जनाएको छ । 

    यो पनि पढ्नुहोस - 

    केपि ओलिले २६ जना सांसदलाई कारबाही गर्ने

    ओली समुहले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता नहुने बताउँदै आएको छ भने ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि माधब नेपाल समुहले पार्टीभित्र समानान्तर कमिटी बनाउने र देशभर आफ्नो संगठन बनाउने काम गरिरहेको छ । माधब समुह तद्काल प्रचण्ड नेतृत्वको माओबादीसँग पार्टी एकता नगर्ने तर चुनावी तालमेल गरेर जाने तयारीमा रहेको श्रोत बताउँछ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology