• सोमवार, श्रावण ११ गते २०८३

माओवादी केन्द्र गोरखाले प्रस्ताब गर्यो प्रतिनिधि र प्रदेश सभा सदस्यको नाम !

माओवादी केन्द्र गोरखाले प्रस्ताब गर्यो प्रतिनिधि र प्रदेश सभा सदस्यको नाम !

माओवादी केन्द्र गोरखाले प्रस्ताब गर्यो प्रतिनिधि र प्रदेश सभा सदस्यको नाम !

  • 5.9K
    SHARES

  • माओवादी केन्द्र गोरखाले प्रस्ताब गर्यो प्रतिनिधि र प्रदेश सभा सदस्यको नाम !

    नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाले संघ र प्रदेशमा प्रत्यक्ष तर्फ उमेद्वार बन्ने नेताहरुको प्रस्तावित नामको टुङ्गो लगाएको छ । संघ तर्फ २ र प्रदेश तर्फ ४ निर्वाचन क्षेत्र रहेको गोरखामा माओबादी केन्द्रले प्रस्तावित उमेद्वारको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । ।

    स्रोतका अनुसार माओबादी केन्द्रले प्रतिनिधिसभा गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेतृ सुशिला सिंखडाको नाम सिफारिस गरेको छ ।

    त्यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ र परशुराम रम्तेलको नाम सिफारिस गरेको छ ।

    क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा (ख) मा केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज कृष्ण धिताल, पार्टीका गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य धुव्रकुमार भट्टको नाम सिफारिस गरिएको छ ।

    त्यस्तै प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा पार्टीका बरिष्ट उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश), पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र चुडामणी खड्काको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

    त्यस्तै क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कंडेल, कमला नहर्की र र प्रदेश समिति सदस्य धना तमुको नाम सिफारिस गरिएको हो ।

    क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, बारपाक सुलिकोट गाउँपार्टी अध्यक्ष नरबहादुर गुरुङ र नेता बासु पोखरेलको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

    माओबादी केन्द्रले जिल्ला अन्र्तगत संघ र प्रदेशका सवै क्षेत्रका लागि समानुपातिक तर्फका उमेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको बिश्वस्त स्रोतले जनाएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology