• सोमवार, श्रावण ११ गते २०८३

सरकार पूर्णरुपमा नीति बनाउने र बजेट निर्माणमा केन्द्रित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सरकार पूर्णरुपमा नीति बनाउने र बजेट निर्माणमा केन्द्रित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सरकार पूर्णरुपमा नीति बनाउने र बजेट निर्माणमा केन्द्रित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

  • 2.7K
    SHARES

  • सरकार पूर्णरुपमा  नीति बनाउने र बजेट निर्माणमा  केन्द्रित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताएका छन् ।

    नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले यस्तो बताएका  हुन्।

    उनले  अब गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए। जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने पनि उनको भनाइ थियो।

    ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतिपूर्ण रुपमा छ। अहिले सरकारले करिव-करिव पूर्णता पाएको छ।

    आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ', उनले भने, 'हाम्रो सबै ध्यान अब सरकारको नीति र बजेट निर्माणमा केन्द्रित हुनेछ। कुन बाटो जाने केन्द्रित हुनेछ।जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट बनाउनु भनेको थिएँ।

    त्यो महससु गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ। यसमा म गम्भीर छु।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology