• सोमवार, श्रावण ११ गते २०८३

भ्रष्टचारविरुद्ध यो ट्रेलर मात्र हो, सिंगो फिल्म हेर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टचारविरुद्ध यो ट्रेलर मात्र हो, सिंगो फिल्म हेर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टचारविरुद्ध यो ट्रेलर मात्र हो, सिंगो फिल्म हेर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

  • 8.3K
    SHARES

  • भ्रष्टचारविरुद्ध यो ट्रेलर मात्र हो, सिंगो फिल्म हेर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गर्दै उनले यो ट्रेलर मात्रै भएको बताए ।

    नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ भनेको थिए । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिन्न भनेको थिए । आज तपाईँहरूले देखिरहनुभएको छ । यो ट्रेलर मात्रै हो । हेर्दै जानुहोस् सिङै फिल्म देखिन्छ ।’

    उनले ठूला भ्रष्टाचारका फाइल खोल्दा घेराबन्दी र दबाब आएपनि जनताको साथ भएमा त्यसको सामना गर्न सकिने बताए ।

    उनले भने, ‘त्यसपछि पक्कै पनि ठूलो घेराबन्दी, दबाब, धम्की होलान् । धेरै चिज हुनसक्छ यो बीचमा । तर जनता साथमा भयो भने जतिसुकै ठूला धम्कीको पनि सामना गरिने छ ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology