पालुङटार नगरपालिकाले सामुदायिक बिधालयको शैक्षिक गुणस्तर सुधारका लागि उपचारात्मक कक्षा सुरु गरेको छ ।
कोरोना संक्रमण र अन्य बिपतका कारण लामो समय बिधालय बन्द हुदाँ पठनपाठन प्रभावित भएकाले नगरक्षेत्रका बिधालयहरुमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक अबस्था कमजोर हुन पुगेको भन्दै नगरपालिकाले उपचारात्मक कक्षा सुरु गरेको नगरप्रमुख बिबस चिन्तनले जानकारी दिए
आधारभूत तह तथा माध्यामिक तहका सवै बिधालयमा गएको शैक्षिक सत्रको अन्तिम परीक्षामा नतिजा कमजोर देखिएका बालबालिकाहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि उपचारात्मक कक्षा सञ्चालन गरिएको उनको भनाई छ ‘कार्यक्रम अन्र्तगत तोकिएका सवै बिधालयहरुले कमजोर बिधार्थीहरुका लागि बार्षिक रुपमा कम्तिमा ७२ घण्टा थप कक्षा व्यवस्थापन गरि पठनपाठन गराउनुपर्छ, नगरप्रमुख चिन्तनले भने ,‘केही बिधालयहरुमा उपचारात्मक कक्षा सुरु भईसकेको छ भने केहीमा सुरु हुदैछ ।
’‘नजिता कमजोर देखिएका बिधालयहरुमा शैक्षिक सुधार गर्नै पर्ने अबस्था छ, नगरप्रमुख चिन्तनले भने, त्यसका लागि बिधालयले नजिता कमजोर देखिएका बिधार्थीहरुको छनोट गरि थप ७२ घण्टा आधारभूत तह र माध्यामिक तहका बिधालयहरुले अनिबार्य कक्षा सञ्चालन गरि कमजोर देखिएको बिषय पढाउनु पर्छ ।
’बिधालयहरुले उपचारात्मक कक्षा पढाए बापत शिक्षकहरुले प्रति कक्षा करिब ३ सय ५० रुपैयाका दरले पारिश्रमिक पाउने जानकारी समेत दिए ।
‘शिक्षकहरुलाई अतिरिक्त कक्षा पढाए बापत नगरपालिकाले शिक्षकहरुलाई पारिश्रमिक उपलब्ध गराउन प्रत्येक बिधालयलाई २५ हजार रुपैयाका दरले रकम उपलब्ध गराएको छ, नगरप्रमुख चिन्तनले भने, ‘बिधालयहरुले कमजोर भएका बिषयका बिधाथीहरुका लागि बिहान वा बेलुकी समय मिलाएर अनिवार्य पढाउनु पर्नेछ ।’