• आइतवार, आश्विन ४ गते २०८३

गोरखा बहुप्राविधिक शिक्षालयमा ‘सोसाइटी अफ सिभिल इन्जिनियरिङ स्टुडेण्ड’ गठन

गोरखा बहुप्राविधिक शिक्षालयमा ‘सोसाइटी अफ सिभिल इन्जिनियरिङ स्टुडेण्ड’ गठन

गोरखा बहुप्राविधिक शिक्षालयमा ‘सोसाइटी अफ सिभिल इन्जिनियरिङ स्टुडेण्ड’ गठन

  • 8.2K
    SHARES

  • गोरखा बहुप्राविधिक शिक्षालयमा ‘सोसाइटी अफ सिभिल इन्जिनियरिङ स्टुडेण्ड’ गठन

    गोरखाको पालुङटारमा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा  ‘सोसाइटी अफ सिभिल इन्जिनियरिङ स्टुडेण्ड’ गठन भएको छ ।

    डिप्लोमा इन इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुको एक भेलाले  शिक्षालयमा ‘सोसाइटी अफ सिभिल इन्जिनियरिङ स्टुडेण्ड’ गठन गरेका हुन्  ।

    जसको अध्यक्षमा श्यामहरी संग्रौला चयन भएका छन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुलाई समेटेर सो संस्था गठन गरिएको बताइएको छ ।

    शिक्षालयमा पाँचौ सेमेष्टरमा अध्यनरत सञ्जय श्रेष्ठको संयोजकत्वमा भएको भेलाले संग्रौलालाई अध्यक्षमा सर्वसमत चयन गरेको हो । उनि पाँचौ सेमेष्टरमा अध्ययनरत छन् ।

    त्यस्तै उपाध्यक्षमा सञ्जय श्रेष्ठ, निरज घले, सरोज चुंदारा चयन भए भने सचिवमा विकल रम्तेल, सहसचिवमा सन्ध्या नेपाली, प्रतिक्षा रोका र कोषाध्यक्षमा विनिता श्रेष्ठ चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुका प्रशुप थापामगर, सरोज विक, अनुप भट्टराई, दिपा लामिछाने, दिवश भट्ट र मन्दिरा पोखरेल सर्वसम्मत भएको बताइएको छ ।

    भेलामा शिक्षालयका प्रमुख ई प्रदिपराज बसौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology