• आइतवार, आश्विन ४ गते २०८३

पालुङटारमा सहिद वासु र बैरागीप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पालुङटारमा सहिद वासु र बैरागीप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पालुङटारमा सहिद वासु र बैरागीप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

  • 9.0K
    SHARES

  • पालुङटारमा सहिद वासु र बैरागीप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर कमिटीले जनयुद्धका महान् सहिद सुरेश वाग्ले (क. बासु) र भीमसेन पोख्रेल (क. बैरागी) प्रति  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । 

    मंगलबार सहिद पार्क हर्मी कोटमा आयोजित एक कार्यक्रममा नेकपाका प्रदेश सदस्य जुद्धविलास भण्डारी, नगर अध्यक्ष विवस चिन्तन लगायतले दुबै सहिदको तस्वीरमा मार्ल्यापण गरेका थिए।

    श्रद्धाञ्जली कार्यक्रममा नेकपाका  प्रदेश सदस्य जुद्धविलास भण्डारीले नेपालमा परिवर्तन ल्याउनको लागी ,श्रमजिबी  जनताको पक्षमा लड्दा लड्दै आफ्नो ज्यानको आहुति दिएको भन्दै सहिद  सुरेश वाग्लेको योगदानको बारेमा चर्चा गरेका थिए। 

    सुरेश वाग्लेको जन्म वि.सं. २०१० साल भदौं १० गते गोरखाको आँपपिपल– ५ रातडाँडा (हाल पालुङ्टार नगरपालिका–२) मा भएको हो।

    सुरेश वाग्लेले ०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता मोहनविक्रम सिंह, निर्मल लामा, भक्तबहादुर श्रेष्ठहरुले नेतृत्व गरेको तत्कालीन नेकपा (चौथो महाधिवेशन) मार्फत् लिएका थिए।

    ०५५ भदौबाट पार्टीको वैकल्पिक पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा पुगेका सुरेश वाग्ले ‘वासु’त्यही भूमिकामा क्रियशील हुँदै गर्दा सहादत प्राप्त गरेका थिए।

    उनको सम्झनामा आज देशै भरी विभिन्न कार्यक्रम भएका छन्। 

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology