• आइतवार, आश्विन ४ गते २०८३

पालुङटारका विद्यालयहरु तीन दिन बन्द हुने !

पालुङटारका विद्यालयहरु तीन दिन बन्द हुने !

पालुङटारका विद्यालयहरु तीन दिन बन्द हुने !

  • 9.7K
    SHARES

  • पालुङटारका विद्यालयहरु तीन दिन बन्द हुने !
    पालुङ्टार नगरपालिकाभित्रका विद्यालयहरु तीन दिन बन्द हुने भएका छन् ।
    नगरपालिकाअन्तर्गत शिक्षा शाखाले शुक्रबार एक सूचना जारी गर्दै अत्याधिक गर्मी बढ्न थालेछि आउँदो आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो ।
    केही दिन यता गर्मी बढेसंगै  विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न सक्ने हुँदा आउँदो आइतबारदेखि मंगलबारसम्म बर्खे विदाबाट कट्टी हुने गरी सम्पूर्ण विद्यालयहरु बन्द गरिएको नगर कार्यापालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत माधव पोखरेलले जानकारी दिए ।
    उनले गर्मी बढे अझै बिदा थप गरिने बताएका छन्  । पालिकाले पहिलो चरणमा २८ गते आइतबारदेखी ३० गते मंगलबारसम्म बिदा दिने निर्णय गरेको छ ।
    बिहीबार ३९ डिग्री मापन गरिएको तापक्रम आज पुनः बढेसंगै पालिका भित्रको ५३ बिद्यालय बन्द गर्ने निर्णय भएको पालिकाको शिक्षा शाखाले जनाएको छ  उक्त बिद्यालयमा ८ हजारभन्दा बढी बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।
    गर्मीका कारण धुवाकोट, मिरकोट, च्याङली, पालुङटार, ठाटीपोखरी क्षेत्रका बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु बढी प्रभावित भएको पनि शाखाले जनाएको छ ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology