• सोमवार, श्रावण ११ गते २०८३

समाजवादी माेर्चामा डा. भट्टराई पनि समाहित हुने !

समाजवादी माेर्चामा डा. भट्टराई पनि समाहित हुने !

समाजवादी माेर्चामा डा. भट्टराई पनि समाहित हुने !

  • 9.3K
    SHARES

  • समाजवादी माेर्चामा डा. भट्टराई पनि समाहित हुने !

    प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईबीच समाजवादी माेर्चाबारे नयाँ समझदारी बनेकाे छ । नेसपालाई नयाँ बन्न लागेकाे समाजवादी माेर्चामा सहभागी नगराइने चर्चाले राजनीतिक बजार तातेका बेला दुई नेताबीच पछिल्लाे समझदारी बनेकाे हाे ।

    भट्टराईले प्रधानमन्त्री प्रचण्ड र आफूबीच समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बनेकाे जानकारी दिएका छन् ।

    ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान बृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी’, बाबुरामले प्रचण्डसँगकाे भेटपछि ट्वीट गरेका छन् ।

    उनले नेसपा समाजवादी माेर्चामा नरहने चर्चाबारे भनेका छन्, ‘बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह ।’ भेटमा प्रधानमन्त्रीकाे भारत भ्रमण, संघीय बजेट, शान्ति प्रकियाका बाँकी कार्याभारलगायतका विषयमा पनि कुराकानी भएकाे भट्टराईले जानकारी दिएका छन् ।

     

     
     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology