• सोमवार, श्रावण ११ गते २०८३

सचिवालय बैठकअघि ओली–प्रचण्ड भेटवार्ता , भयो यस्तो छलफल !

सचिवालय बैठकअघि ओली–प्रचण्ड भेटवार्ता , भयो यस्तो छलफल !

सचिवालय बैठकअघि ओली–प्रचण्ड भेटवार्ता , भयो यस्तो छलफल !

  • 5.8K
    SHARES

  • सचिवालय बैठकअघि ओली–प्रचण्ड  भेटवार्ता , भयो यस्तो छलफल !

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठकअघि छलफल सुरु भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि ओली र प्रचण्डबीच छलफल सुरु भएको हो।

    सचिवालय बैठक अहिले ३ बजेदेखी बस्दैछ।

    आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने फागुन १४ को सचिवालय निर्णय कार्यान्वयन गराउनेबारे निर्णय हुने बताइएको छ।

    यस्तै पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लाई पनि संसोधन गरेर पारित गर्ने नेताहरूले बताएका छन्।

    बुधबार बेलुका पनि ओली र प्रचण्डबीच दुई घन्टा छलफल भएको थियो।

    राष्ट्रिय सभाको रिक्त सदस्यमा वामदेव गौतमलाई मनोनित गर्न सिफारिश गर्ने कि अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा ओली र प्रचण्डबीच छलफल गरेर सहमति कायम गरी सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी भएको हो।

    बुधबार प्रचण्डसँग भेटेलगत्तै प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग पनि छलफल गरेका थिए।

    उनले डोल्पामा उपनिर्वाचन गरेर प्रतिनिधि सभाको सांसद बनाउने भनेपनी गौतमले त्यसलाई अस्वीकार गरेका थिए।

    उनले यसअघि पार्टी सचिवालयले निर्णय गरेबमोजिम आफूलाई राष्ट्रिय सभामा मनोनयन गर्नुपर्ने दाबी गर्दै आएका छन्।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology