पालुङटार नगरपालिका वडा -नं. २ को चापाभञ्ज्याङ र वडा नं. ३ को डुम्रेडाँडामा स्वास्थ्य केन्द्रको उद्धघाटन भएको छ ।
पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले आज (सनिबार ) छुट्टा छुट्टै कार्यक्रमका बिच दुवै स्वास्थ्य केन्द्रको उद्धघाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चिन्तनले चापाभञ्ज्याङ र डुम्रे डाँडा आसपाशका जनताले सामान्य उपचारका लागि पनि टाडा टाडा जानुपर्ने अवस्था आएको भन्दै त्यो अवस्था अन्त्य गर्न स्वास्थ्य केन्द्रको स्थापना गरेको बताए ।
उनले सोहि अवसरमा पालुङटार नगरपालिका वडा नं. २ अन्तर्गत पाउरोटी भण्डार, पुतलीखेत लगायतका जनतालाई प्रशासनिक सेवा लिन समस्या परेको गुनासो आएको भन्दै तत्कालै चापाभञ्ज्याङबाट कम्तीमा हप्ता दुई सेवा दिने प्रक्रिया अघि बढाइने समेत बताए ।
त्यस्तै , पालुङटार नगरपालिकाको उप–प्रमुख बन्दना पाण्डेले स्थानिय स्रोत र साधनको अधिकतम प्रयोग गरेर जनताको सेवा गर्न पालुङटार नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।सो अवसरमा उनले जनतालाई सहज ढंगबाट स्वास्थ्य सेवाको पहुँच पुगोस भन्ने उद्देश्ले स्वास्थ्य केन्द्रको स्थापना गरिएको बताइन् ।
त्यस्तै वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर रानाले आफुहरु जनताको सेवा गर्नका लागि निर्वाचित भएको भन्दै जस्तो सुकै अवस्थामा पनि जनताको सेवा गर्न तयार रहेको बताए ।
कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, स्वास्थ्य शाखा प्रमुख सृजना पोखरेल, आयुर्वेद शाखा प्रमुख हितकाजी श्रेष्ठ स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु, स्थानिय बुद्धिजिविहरु लगायतको सहभागिता रहेको थियो ।