• सोमवार, श्रावण ११ गते २०८३

पालुङटारको नीति तथा कार्यक्रम : भ्रष्टचारमा शून्य सहनशिलता, घर-घरमा पुगी निःशुल्क स्वास्थ्य परीक्षण

पालुङटारको नीति तथा कार्यक्रम : भ्रष्टचारमा शून्य सहनशिलता, घर-घरमा पुगी निःशुल्क स्वास्थ्य परीक्षण

पालुङटारको नीति तथा कार्यक्रम : भ्रष्टचारमा शून्य सहनशिलता, घर-घरमा पुगी निःशुल्क स्वास्थ्य परीक्षण

  • 3.5K
    SHARES

  • पालुङटारको नीति तथा कार्यक्रम : भ्रष्टचारमा शून्य सहनशिलता, घर-घरमा पुगी निःशुल्क स्वास्थ्य परीक्षण

    गोरखा, ९ असार - गोरखाको पालुङटार नगरपालिकाले भ्रष्टाचार प्रति शुन्य सहनशिलताको नीति तय गर्दै आज आगामी आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख बिबश चिन्तनले आज ११ औं नगरसभामा आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    नीति तथा कार्यक्रममा नगरपालिका भित्रका सवै घरमा नगर पालिकाको तर्फबाट घर नम्बर सहितको धातुको स्टिकर वितरण गर्ने र आबश्यक न्यूनतम तथ्याङ्क वडामा र नगरपालिकामा राख्ने व्यवस्था घोषणा गरिएको छ ।

    “समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान“ भन्ने नारा सहित प्रशासनिक एबं राजनैतिक क्षेत्रवाट हुने भ्रष्टचार, ढिला सुस्ती र पक्षपातलाई नियन्त्रण गरी सुशासन कायम गर्न आर्थिक पारदर्शिता, मितव्ययिता बनाउने तर्फ नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । विपद जोखिमलाई न्यूनिकरण गर्नका लागि नगरपालिका भित्रका सम्भावित जोखिमको नक्शाकंन गरि प्रभावकारी योजनाहरु निर्माण गरि प्राथमिकताको आधारमा संघीय र प्रदेश सरकारसंग योजना तथा कार्यक्रमहरु माग गरि कार्यान्वयन गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

    मेयरसंग बालबालिका कार्यक्रमलाई पनि नगरपालिकाले निरन्तरता दिएको छ । नगरपालिकाले दलित तथा अपांगता भएकाहरुलाई बिबिध बिषयमा सीपमुलक तालिमको ब्यबस्था गरि क्षमता अभिवृद्धि श्रमिकहरुको न्युनतम पारिश्रमिक पुर्नमुल्यांकन सहित निर्धारण गर्ने तथा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला आदिलाइ दिइने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत घर–घरमा उपलब्ध गराउने ब्यबस्था गर्ने घोषणा गरेको छ ।

    प्रत्येक वडामा ‘एक वार्ड, एक पोखरी’ निर्माणको नीति लिई पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षण र बिरुवारोपण नीतिलाई अबलम्बन गरिने, जनयुद्ध, जनआन्दोलन लगायतका परिवर्तनकारी आन्दोलनमा सहादत प्राप्त महान् शहिदहरुको सम्मान र सम्झनामा नगर स्तरीय सहिद स्मृति पार्कको स्थापना तथा सोको विकासका लागि आवश्यक कार्यक्रम ल्याउने नगरप्रमुख बिबसले घोषणा गरे ।

    लिगलिग कोटमा गन्धर्व संग्राहलय सहित थप पर्यटकीय पूर्वाधार विकास गर्ने, अनिवार्य अवकास प्राप्त महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५० हजार रुपैया उपलब्ध गराउने, जेष्ठ नागरिकलाई घरघरमा निशुल्क स्वास्थ्य परीक्षण, उप-प्रमुखसँग सुत्केरी महिला तथा शिशु कार्यक्रम ३ हजार थप गरी ५ हजार रुपैया पुयाउने घोषणा नगरपालिकाले गरेको छ ।

    त्यस्तै गर्भवती महिलालाई बच्चा जन्माउनका लागि अस्पताल वा बर्थिङ सेन्टरसम्म पुग्न निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र गर्भवती महिलाको लागि घर–घरमा पुगी स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था नगरपालिकाले गर्ने घोषणा गरेको छ । नगरपालिका भित्र स्थापना हुने कृषि तथा पशु फर्ममा साबिकमा लिदै आएको दर्ता, नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ । पुष्प खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप बीउ र बिरुवा खरिदमा अनुदान उपलब्ध गराउने नीति नगरपालिकाले अख्तियारी गरेको छ ।

    नगरभित्र एक सुबिधा सम्पन्न सभाहल सहितको ब्यबसायिक भवन निर्माण, नगरपालिकाको सुब्यबस्थित विकासको लागि आर्थिक, सामाजिक, भौतिक, शैक्षिक, ऐतिहासिक, पर्यटकिय स्थल लगायतका क्षेत्रलाई समेटर नगर चक्रपथको निर्माण गर्ने कार्यलाई अगाडि बढाउने घोषणा नगरपालिकाले गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरक्षेत्र भित्रका व्यापारिक बजार क्षेत्र तथा अन्य महत्वपुर्ण सार्वजनिक स्थलहरुमा सिसि क्यामेरा जडान गरी निगरानी गर्ने व्यवस्था मिलाउने, नगरभित्रका भित्रका सबै सामुदायिक बिद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने नीति लिएको छ ।

    नीति तथा कार्यक्रममा नगर भित्रका ऐलानी, पर्ती तथा सार्वजनिक जग्गाहरुको खोजी गरी संरक्षण गर्ने, सार्वजनिक जग्गाहरुको अतिक्रमण पूर्णरुपमा रोक्ने तथा अव्यवस्थित वस्ती तथा भूमिहिनहरुको समस्या समाधानका लागि आबश्यक पहल गर्ने घोषणा गरेको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology