• सोमवार, श्रावण ११ गते २०८३

माओवादीको विधान परिमार्जनसहित पारित !

माओवादीको विधान परिमार्जनसहित पारित !

माओवादीको विधान परिमार्जनसहित पारित !

  • 13.4K
    SHARES

  • माओवादीको विधान परिमार्जनसहित पारित  !

    नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित भएको छ ।

    प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो ।

    अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको प्रस्तावित विधानमा केन्द्रीय समिति संख्या १५१ प्रस्ताव गरिएको थियो । २० वटा समूहबाट फरक फरक प्रस्ताव आएको थियो ।

    अधिकांशले १५१ ठिकै भएको प्रस्ताव गरेका थिए । ९९ वा २७५ पनि राख्न सकिने सुझाव आएको थियो । हलबाट आएको प्रस्तावमध्ये १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । 

    यस्तै कार्यालय ११ जनाको बनाउने स्थायी स्थायी समिति केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउने लगायतका निर्णय पनि भएको छ ।

    हलको निर्णय अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने समेत  अधिवेशनले अनुमोदन गरेको छ । स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने र उक्त कमिटीले पदाधिकारी चयन गर्ने छ । 

    प्रत्यक्ष निर्वाचित कमिटी र प्रत्यक्ष निर्वाचित कमिटीबाट पदाधिकारी चयन गर्ने निर्णयमा हामी पुगेका छौँ’, पार्टी अध्यक्ष प्रचण्डको भनाइ उदृद्ध गर्दै ती नेताले भने । 

    त्यस्तै प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह फेर्नु विषय वस्तुवादी नभएको बताएका छन् । अधिवेशनबाट नै नाम फेर्न नसकिने उनले घोषणा गरेका छन्  । 

    ‘नाम र चिन्हको सम्बन्धमा सुझबुझ तरिकाले विषय राख्नु भएको छ । यो मुख्य कुरा होइन, मुख्यकुरा पार्टीको पहिचान हो । फेरि पनि पार्टीहरूबिच एकता हुने भयो भने त्यतिबेला नामको बारेमा सोच्न वा फेर्न सकिन्छ ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology