• सोमवार, श्रावण ११ गते २०८३

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु , पूर्वउपराष्ट्रपति पनि सहभागी

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु , पूर्वउपराष्ट्रपति पनि सहभागी

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु , पूर्वउपराष्ट्रपति पनि सहभागी

  • 35.9K
    SHARES

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु , पूर्वउपराष्ट्रपति पनि सहभागी

     नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकको सुरुमा अध्यक्ष प्रचण्ड समसामयिक राजनीति अवस्थाबारे ब्रिफिङ गर्नेछन् ।

    त्यसपछि प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि प्रचण्डले राजनीतिक दस्ताबेज पेश गर्ने कार्यतालिका रहेको छ ।  पुस २४ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टीको आगामी समाजवादी कार्यदिशा, कार्यक्रम, योजना, साङ्गठनिक संरचनाबारे छलफल र बहस हुनेछ । 

    बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि सहभागी भएका छन् ।  राजनीतिमा सक्रिय हुन खोजिरहेका उनी पार्टीको राजधानीमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । 

    उनी प्रचण्डसहितका नेताहरु सँगै बैठकमा ड्यासमा देखिएका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology