• सोमवार, श्रावण ११ गते २०८३

यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन : सापकोटा

यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन : सापकोटा

यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन : सापकोटा

  • 62.2K
    SHARES

  • यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन : सापकोटा

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताएका छन् ।

    समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलन मार्फत् उनले  यस्तो बताएका हुन्।

    ‘वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ । वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ,’ सापकोटाले भनेका छन्, ‘यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन ।’

    त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली हतास मानसिकतामा रहेको र आफ्नै पार्टीका मान्छेलाई समेत गाली गर्न थालेको समेत टिप्पणी गरेका छन्।

     ‘आफ्नो गुम्न लागेको साखलाई कतैबाट परालको त्यान्द्रोले जोगाउन सकिन्छ की भनेजस्तो गरेर लाग्न खोज्नु भएको छ प्रधानमन्त्री,’ सापकोटाले भने, ‘प्रधानमन्त्रीको एकप्रकारले हतास मनिस्थितिको उपज हो।

    अहिले हेर्नुहुन्छ भने प्रधानमन्त्री सबैसित रिसाइरहनु भएको छ। आफ्नै पार्टीकासँग रिसाइराख्नु भएको छ। कर्मचारीसँग रिसाइराख्नु भएको छ।’

     

     

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology